१७ श्रावण २०७७, शनिबार २१:५६  


image

विश्वव्यापी मा’हामा’रीको संक्र’मणबाट जोगिन र जोगाउँन भएको लक’डाउनका कारण लामो समय रोकिएको केही बैकर्स र केही पत्रकारहरुको भेटघाट दरबारमार्गमा थियो । दरबारमार्गको बृक्ष रेष्ट्रो एण्ट क्याफेमा हामी लामो समयपछि गफिदै थियौँ । छेउमा खैरो मेहेन्दीले कपाल रंग्याएका स्वाट्–स्वाट् हु’क्काको सर्को ता’न्दै गरेका तन्नेरीको कुराले हाम्रो खानाको स्वादमा अमिलो पस्यो ।

मिठा कुरा टर्रो हुन थाले । सङ्ला कुराकानी एकाएक धमिलो हुन थाले । उनको हु’क्काको धु’वा जसरी कलो बनेर मडारिदै थियो त्यसरी नै हामीबीचको परिस्थिती एकाएक कालो बनेर म’डारिन थाल्यो । तन्नेरी घरी–घरी जुल्फीमा हात पुर्याउँथे । मात्र दुई भाई थिए । तर उनीहरुको अडर्र जतिपनि किन्न सक्छु जस्तो रवाफिलो थियो । भर्खरै शरद ऋतु परिवर्तन भए जस्तो उज्यालो चेहेरा भएकी वेटर वरिपरि घुमिरहन्थिन् । तरपनि उनीहरुमा कुनै प्र’वाह थिएन ।

न हामी छेउमा बसेका अरुहरुको हेक्का थियो उनीहरुमा । लाग्थ्यो रत्नपार्कमा एउटा कलम बेच्न बसेको युवती जस्तै उनीहरु एक अर्कामा विज्ञापन गर्ने शैलीमा नै बोलिरहेका छन् । अलिक जुल्फी ठाडो पारेकाले बोल्यो । यो कोरोना भाइरस त झनै कमाउने मौका पो मिल्यो । हजार रुपैयाँको मतलब हुन छाड्यो । न मामाहरुको डर न त ग्राहककै कमी । अफ्रिकी मैयाहरुले मालामाल बनाए । अर्कोले हुँदै नभएको छोटो कपाल झड्कार्दै थप्यो ।

तेरो मेरो पुर्पुरोको तालुमा आलु फल्यो केटा । पहिले–पहिले नेपाली माल विकाउँदा महिनामा एक दुई पटक मामाले खोरमा हाल्थ्यो । अहिले त खुल्लम खुल्ला कुनै ड’र छैन । जुल्फे र ठुटे (मैले नाम राखेका) को कुराले एक मन झस्कायो । हामी केही छिन् । कुनै तमासा भइरहे जस्तो ती केटाहरुलाई नियालीरहेका रहेछौ ।

छेउछाउमा अरुले हामीलाई देखेका थिए भने उनीहरुलाई लाग्थ्यो होला यहाँ हामी कुनै सर्कस हेरिरहेका थियौ । के होला जस्तो एकटक थियो । हाम्रा आँखा उनीहरुमा पुरै गडिएको थियो । उनीहरुको बोलाई हेर्दा लाग्थ्यो उनीहरु त्यहाँ कुनै माल विकाउन बाटोमा कराउँदै विज्ञापन गर्ने बकबके विज्ञापनवाला नै हुन् । जसलाई आफ्नो बस्तुको भाउ चाहिएको छ । लाज, डर र घि’न त उनीहरुले खल्तिमा कोचेका छन् ।

अब हामीसँग उनीहरुलाई आँखाले नदेखे जस्तो गरेर मन ले नियाल्नुको विकल्प बाँकी थिएन । फेरी जुल्फे बकिरह्यो । के देखिएन । करोडौका सरकारी नम्बर प्लेटका गाडीवाल आएनन् की, पैसालाई ढोका देखि नै छर्दै हिँड्ने तमासे आएनन् की । अर्कोले थप्यो काम फत्ते गर्न पाएपछि एक सर्को चु’रोटको एउटा हात्ति थमाउनेपनि देखे । त राति घर गइहाल्थिस् । धेरै तमासा त मैले देखे नी ।

जुल्फे फिस्स परेजस्तो अनुभुति गर्दै बोल्छ, मोज त तैले पनि गरिस् नी । कहाँ ठमेलको होटलको भाँडा धोईरहेको त, आज यसरी बस्न पाईस् । यति पाईनमा बोल्ने आँट उनीहरुमा मात्र हैन उनीहरुको चुस्कीमा थियो । हामी एउटा कफीको सर्को सकेर गफ टुंग्याउन नपाउँदै एक फुल मा’पसे गरिसकेका थिए । यति सुनेपछि मेरो दिमागको बत्ती जल्यो ।

पेसाले सञ्चारकर्मी भएका नाताले । त्यो पा सो मिडियामा देखाएर । अब बाँकी रहेकालाई पर्नबाट जोगाउनु पर्छ भन्ने लाग्यो । उनीहरुले बोल्दा बेला–बेला काली, हप्सिनी भन्ने शब्द जोडेकोमा मलाई अलिक तिखो पसेको थियो । एक त कोरोना भाइरस फैलाउने अर्को त य ौन रा ेग अत्याधिक भएका देशहरु नै अफ्रिकनहरुको हो । कतै त्यो रोगको पुल्ठो नेपालमा स ल्काइरहेका त छैनन् ? मेरो एउटा रिपोर्टले राज्यका निकायले छा पा म ारेर नियन्त्रणमा लिएपछि त्यो अखडा बन्द गराउँन पो सकिन्थ्यो की । तीर भन्दा तीखा आन्तरीक प्रश्नका बा ँडले प्र हार गरेको गर्यै गर्यो ।

बैकर्सहरुलेपनि यसलाई रिपोर्ट बनाउँनुहोस् भन्ने सुझाव दिए । त्यसपछि हामी ३ जना सञ्चारकर्मीले प्र’हरीको केरकार शाखामा काम गर्ने प्र’हरीले अ पराधिको बयान लिन घेरा हाले जसरी नै घेरा हाल्यौँ । एक मित्रले बोलि फुटाए, भाई के हो कुरो । लर्बरिदो स्वरमा जुल्फेले बोल्यो । नेपालमा विदेशी माल, सामान बिक्रि हो नी दाई । त्योपनि भीआईपी अर्पाटमेण्टमा, भिआईपी सामान । कहाँ छ त्यो ? मैले बोले । ठमेल । ठमेल कुन ठाउँ ? नर्सिङ चोक थाहा छ ? थाहा छ ।

त्यो भन्दा दाहिने घुमेर काठमाडौ गेष्ट हाउस जाने बाटो तिर लाग्ने । बुधबार रेष्टुरेण्ट छ नी हो त्यही अगाडीबाट गल्लीमा छिर्ने । सबै ब्यवस्था हामी गर्छौ । हामीलाई बोल्ने अवशर नै नदिनेगरी रेडियो नेपालको मुख्य समाचार पढेझै ठिटो पड्कीयो । अनि आर्थिक विट हेर्ने मित्रले आर्थिक समाचारमा कलम चलाउँनुपर्ने झै सोधे । त्यसरी कहाँ हुन्थ्यो । मनमनै लाग्यो मित्र हाम्रो विट नै फरक छ । यसरी हामी अ खडासम्म पुग्दैनौँ । मैले सोच्न नभ्याउँदै जुल्फे चड्कीयो । सबै ठेगाना भनेर हाम्रो विजनेश चौपड गरौँ । हिँड्नुस् न हामीसँग । हाम्रो कमाउने भाँडो हो त्यो ।

तपाईहरु पुगे कमिसन हात लाग्छ । केटोले पेलेर बोल्यो । उसलाई यी ब्यक्ति को हुन् बाल थिएन । लाग्छ कुनै शक्तिलेपनि उनीहरुलाई केही गर्दैन । पु;लिसको ड’र हुन्न ? हाम्रा आर्थिक विटका मित्रले प्रश्न सोझ्याए । लौ तपाईपनी विदेशी मालको खपत प्रहरीका अधिकृतलेपनि गरिरहेका छन् । यो बेला के को डर । पुलिस बाटोमा को कसरी हिँडिरहेको छ भनेर हेर्न ढुकेर बेसेको छ । हामीलाई यही मौका छ, चौका हान्न । तर कुरामा मात्र सबै पोल खुल्ने देखिएन ।

मा’पसले ल’ठ्ठिएको भएपनि बानी परेको ख्यागु केटाले अड राख्ने लक्षण देखियो । तर उसको बकाईलाई प्रमाणित गरेर त्यो अ खडा बन्द भएको हेर्ने चाहाना हामी सबैमा देखियो । भेरिफाईड भर्न मैले उपाए जगाए । लौ हिँड । हामीलाई पुर्याउ कमिसन कुम्ल्याउ । मेरो कुरा सुनेर केटो हौसियो । अब यो सकौँ है त । गिलासको चुस्की देखायो । चुस्की मुखमा चुस्क्याउँदै । मोबाईलको लक खोल्यो । नम्बर डायल गर्यो । ९८२८७२ यतिसम्म मात्र आँखाले भ्यायो । मोबाईलमा रिङ ब्याक टोन बज्दै थियो । लकडाउन खुलेको भएपनि… त्यत्तिकैमा युवतीको अंग्रेजी लवजमा आवाज आयो । ह्य.. । यसले हामीलाई विश्वस्त पार्न ह्याण्ड फ्री बनाएको थियो ।

जुल्फे बोल्यो । आइ एम ब्रिङ्गिङ अ गेष्ट । युवतीको आवाज आयो ओके । मैले सोधे । कति पढेको छौ । अंग्रेजी त मज्जाले बोल्यौँ त । कुम उचो पार्दै रवाफमा भन्यो । पढेको त २ कक्षा हो दाई तर आई वील, खाई वील भन्दा भन्दै जानिसके । यतिबेलासम्म केटोले चुस्की सकाएको थियो । हामीलाई उनको बयान अनुसार वस्तुस्थिती प्रमाणित गर्न पुग्नु थियो ।

लौ जाऔँ । हामीसँगै तल ओलियौँ । दुई भाई बाईकमा चढे । हामी आ–आफ्ना साधनमा पछाडी हुँकियौँ । सवारी ठमेलको नर्सिङ चोक पुग्यो । हल्का दाईने मोडिदै बुधबार रेष्टुरेण्ट अगाडीबाट भित्र गल्लीमा छिरियो । गल्ली–गल्ली छिरेर साँघुरो गल्लीको देब्रे तर्फ बाईक रोकिए । हाम्रा बाईकपनि त्यही रोकिए । केटाहरु आगमन होटल एण्ट अपार्टमेण्टका तलहरु उक्लिन थाले । हामीले पिछा छोडेनौँ । केटाले पाँचौ तलको ५०१ नम्बरको ढोका ढकढक गर्यो । भित्रबाट ओके आवाज आयो । केटोले चुक्कुल आफै मर्कायो । ढोका खुल्यो । भित्र कालो रंगका केही युवती सोफामा बसिरहेका थिए । सोफा, वेड, किचेन सहितको फ्ल्याट थियो ।

हामी तीनपनि भित्र छिर्यौँ । होइर आर यू फ्रम, हाम्रो तर्फका मित्रले प्रश्न सोझ्याए । अलिक मोटी आवरणकी युवतीले बोलि फुटाइन् । वी आर फ्रम तान्जेनिया । अर्कोले अवस्थालाई पुष्टी गर्ने प्रश्न गर्न आँट गरे । हाउ मच डू यू चार्ज । युवतीबाट आवाज आयो टेन थाउजेन पर पर्सन । घटनाले मुर्त रुप दियो । तथ्य खुल्न आयो । हामी एक अर्कालाई हेर्यौँ । सबैको इसार थियो अहिलेलाई जाऔँ । मैले बोली फुटाए । सरी राईट नाउ । हामी गल्ती गरेको महसुस भएझै ढोकाबाट बाहिरियौँ । ढोका बाहिर निस्किना साथ हाम्रो अनुहारमा मिसन पुरा भएको झल्को आयो ।

त्यसपछि फटाफल अफिस आएर यो रिपोर्ट बनाए । हामी सञ्चारकर्मी थियौँ । राज्यको कानून हातमा लिएर छापा मार्ने अधिकार हामीमा छैन । घ’टनाका बारे सम्बन्धित प्र’हरीलाईपनि मौखिक जानकारी गराएका छौ । लिखित रुपमा आफुसँग भएको सञ्चार माध्यमबाट तथ्यलाई बाहिर ल्याएका छौ । हाम्रो अपेक्षा नेपाली भिआईपी र पैसावाललाई रोगको पोको थमाउँने यो अख डा बन्द होस् । आशा छ । राज्य संयन्त्रलाई थाहा हुनेगरी र तत्काल बन्द गराउँन द’वाव हुनेगरी यो भिडियो सेयर हुनेछ । हामी सञ्चारकर्मी र तपाई नागरिकको भूमिका यही हो । धन्यवाद

Source : Janaboli.com


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

पर्सामा थप ७० जनामा कोरोना संक्रमण

 २७ श्रावण २०७७, मंगलवार ०९:१२  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन