१७ श्रावण २०७७, शनिबार १४:०३  


image

१७ साउन, एजेन्सी । भारत विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित मुलुक मध्येको तेश्रो देश हो । यहाँ दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

वर्ल्डमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १७ लाख नाघेको छ।

यस्तै कोरोनाबाट मृ’त्यु हुने संख्या ३६ हजार ५ सय ८३ रहेको छ। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ।

भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन