१५ श्रावण २०७७, बिहीबार ०९:२१  


image

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले एसईईको नतिजा हेर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले १ साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिका राष्ट्रिय दैनिक गोरखापत्रमा सूचनामा प्रकाशित गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ साताभित्र सार्वजनिक हुनेछ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौं ।’

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सामेल छन्

see_exam_result_check_online
see_exam_result_check_online


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

स्थगित परीक्षा दसैँअघि नहुने

 २० श्रावण २०७७, मंगलवार ०९:५६  

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

 १२ श्रावण २०७७, सोमबार १९:११  

एसईईको नतिजा आउदै

 २९ असार २०७७, सोमबार १३:५५  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन