१४ श्रावण २०७७, बुधबार ०७:२०  


image

कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा समुदायमा थपिनेको सङ्ख्या बढेको छ । मङ्गलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिँदा १९ जना समुदायका रहेका छन् ।

थप सङ्क्रमितमा दुई महिलासहित १६ जना जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनाको सुरक्षाकर्मीको बच्चा सङ्क्रमित बनेको छ ।

यस्तै, प्रहरी कार्यालयका हिरासतको एक जना रहेका छन् भने दुई जना पुतलीबजारको क्वारेन्टाइनमा बसेका रहेका छन् ।

अर्जुन चौपारीमा चार जना सङ्क्रमित हुँदा एक जना एम्बुलेन्स चालक रहेका छन् भने तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जिल्ला स्वाास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

एक जना वालिङ नगरपालिकाका भारतबाट आएर क्वारेन्टाइनमा बसका युवा रहेका छन् ।

थप सङ्क्रमित भेटिएसँगै स्याङ्जामा २४३ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सुरक्षाकर्मी मात्र ३७ जना रहेका छन् । यहाँ सङक्रमितमध्ये १८८ जना निको भएर घर फर्केका छन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन