१३ श्रावण २०७७, मंगलवार १८:५९  


image

१३ साउन – हुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्प’तीको मृ’त्यु भएको छ । आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृ’त्यु भएको हो ।

छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफल भएका छन् । दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहिरो गएको थियो । सडकभन्दामुनि घर भएका जोशीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताउनुभयो ।

पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उहाँले बताउनुभयो । जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्र’हरी चौकी ब्रह्मदेव र जिल्लाबाट प्र’हरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घ’ टनास्थल पठाइएको जिल्ला प्र’हरी कार्यालय दार्चुलाका प्र’हरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बाख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए ।

जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्या’न गु’माएका छन् । जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालिकार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्या’न गु’माएका हुन् ।(रासस)


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन