१३ श्रावण २०७७, मंगलवार १४:५७  


image

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो । यसलाई ग्राहकले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

हालै मात्र कम्पनीले ल्याएको नयाँ योजनामा यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ । कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।

४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यसको मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

यसैगरि शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले ५०प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।यस्तै ग्राहकले बजाज पल्सर १२५, २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर समेत खरिद गर्न सक्ने छन्।

यो योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा बाँकी रकम २ बर्ष भित्र तिर्नु पर्ने हुन्छ । यो योजनमा ग्राहकले १७ प्रतिशत व्याजदर तिर्नु पर्ने छ । २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ खरिद गर्दा लाग्ने शूल्कको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्।

यस्तो छ पल्सर १२५

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यो मोटर साइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ ।

यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन