१३ श्रावण २०७७, मंगलवार ०८:२९  


image

हिन्दु धर्मवलम्बीहरुको महान पर्व तीज नजिकिँदै गर्दा धेरै गायक गायिकाहरुले तीज गित सार्वजनिक गर्ने लहर चलिरहेको छ।

कतिपय गीतहरुको प्रस्तुती र शब्दका कारण धेरै गायक-गायिकाहरु निरन्तर विवादमा परिरहेका छन।

यसै भिडमा अस्ट्रेलियाको राजधानी क्यानबेरा निवासी सपना देबकोटाको शब्द र लयमा रहेको मौलिक तीज गीत ‘तीजको दर’ चारकुने मिडियाबाट मार्फत सार्वजनिक भएको छ।

नेपाली मौलिक शब्द अनि लयमा सजिएको तीज गीत ‘तिजको दर’ मा माण्डवि त्रिपाठि को स्वर रहेको छ भने संगित बिपिन आचार्य को रहेको छ जसलाई दिपेन्द्र भट्टले छायांकन गरेका छन्।

उक्त गीतमा सपना देबकोटा, शिब गिरि शिलु घिमिरे, एलिसा ढकाल लगायतको अभिनय रहेको छ भने गीतको सम्पुर्ण छायांकन अस्ट्रेलियाको सिड्नीमा गरिएको छ।

भिडियो


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन