१० श्रावण २०७७, शनिबार १४:१०  


image

पछिल्लो समय नेपालमा सर्वाधिक चर्चामा रहेको सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइराला प्रकरणबारे सबैदे आ–आफ्नो धारणा राख्दै आएका छन् । यस्लाई सर्वोच्च अदालतको पछिल्लो एकदम धेरै विवादमा परेको फैसला भनिएको छ ।

रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चले गरेको फैसलालाई लिएर सामाजिक सञ्जालमा महाअभियोगसम्मका कुराहरु चर्चामा रहेका छन् ।

यसै बिषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया दिनु भएको छ ।

शाहले ट्वीटरमार्फत न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थालेपछि राज्य संकटमा पर्ने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ।’


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन