२ श्रावण २०७७, शुक्रबार २१:३२  


image

एटीएम कार्ड प्रयोगकर्ताहरुका लागि राहतको खबर आएको छ । कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जनाइएको छ ।

राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने स्पष्ट पारेको हो ।

नेपाल राष्ट्र बैठका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने जानकारी गराउनु भएको हो । यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने कुरा जनाएको थियो ।

कोरोना लकडाउन सुरु गरेपछि सरकारले एक वित्तीय संस्थाको एटीएमले अर्को संस्थाको एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय गरेको थियो ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन