१ श्रावण २०७७, बिहीबार २०:५९  


image

महानगरीय ट्राफिक प्रहरी कार्यालयले यस वर्ष उपत्यकामा सवारी कारबाहीबाट २५ करोड रुपैयाँ राजस्व उठेको जनाएको छ । आर्थिक वर्ष ०७६–०७७मा २५ करोड १४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व उठेको कार्यालयको तथ्यांक छ ।

यो रकम ३ लाख ९५ हजार २ सय ३९ वटा सवारीसाधनलाई कारबाही गरेर उठाइएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ करोड कम हो । यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १ हजार बढी दुर्घटना भए । अघि

ल्लो वर्ष ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका थिए भने यो वर्ष ९ हजार ४ सय ६१ सवारी दुर्घटना भए । दुर्घटनाको संख्या धेरै भए पनि यो वर्ष ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छ । ।

अघिल्लो वर्ष २ सय ५४ जनाले ज्यान गुमाएका थिए भने ३ सय १७ जना गम्भीर घाइते भएका थिए । यो आर्थिक वर्षको अन्त्यसम्म जम्मा १ सय ४४ जनाले ज्यान गुमाएका छन् भने गम्भीर घाइतेको संख्या भने २ सय २९ रहेको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन