२४ असार २०७७, बुधबार ११:००  


image

कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला नि र्घात रुपमा कु टिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दु र्व्यहार गरेको आ रोपमा महिलामाथि कु टपि’ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घ टना १ जेठको हो । अहिले घ टनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

केसीका अनुसार महिला कु टपि’टमा संलग्न एक जना हवल्दार दु र्घ’टनामा घा इते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई ला ठी हा नेको भिडियोमा देखिन्छ । भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘त्यतिवेलाको परिस्थिति जस्तो सुकै भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’

मेयर भन्छन्

कुटपिटको घ टना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । डीएसपी केसीका अनुसार हेल्प डेस्कमा म’दिरा से’वन गरेर हो’ह’ल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

त्यसक्रममा उनले प्रहरीलाई हा’तपा’त गरेको केसीको भनाइ छ । नगरपालिकाका मेयर केसीका अनुसार त्यसवेला उनी अर्ध’न’ग्न अवस्थामा थिइन् ।

‘झोलुंगे पुलमा ड्युटीमा बसेको प्रहरीमाथि हा’तपा’त भयो, त्यसवेला पुरुष प्रहरीले उनलाई पक्राउ गर्ने कुरा भएन’, उनले सुनाए, ‘बजारमा एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ ।’

डीएसपी केसी म’दिरा से’वन गरेकाले शान्त हुन्छ कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको पाइएको बताउँछन् ।

मेयरका अनुसार इलाका प्रहरी कार्यालय, आठविसकोटमा महिला प्रहरी छैनन् । अहिले पी’डित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन