२३ असार २०७७, मंगलवार ०७:२०  


image

नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछाने १ करोड बढी पारिश्रमिक लिने सम्झौतापछि क्यारेबियन प्रिमियर लिग सीपीएल९२०२० जमैका तल्लावाहजबाट खेल्ने पक्का भएको छ ।

ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर मागेका सन्दिपले नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पाउनेछन् । उनी सीपीएलमा यो सहित गरेर लगातार तेस्रो पटक छनोट भएका हुन् ।

इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटका लागि झण्डै डेढ करोडमा छनोट भएका सन्दिपले १ करोड ८ लाख रकम पारिश्रीमक लिन लागेको उनको खेल जीवनकै दोस्रो सर्वाधिक रकम हो ।

सीपीएल २०२० आगामी अगष्ट सेप्टेम्बरमा हुने तयारीमा रहेको छ । जसमा उनले वेष्ट इन्डिजका चर्चित खेलाडीहरु रेसल, कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली लगायतसँग खेल्ने अर्को एउटा सुनौलो अवसर प्राप्त गर्नेछन् ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

इङ्लिस प्रिमियर लिगको अन्योलता कायमै

 ६ बैशाख २०७७, शनिबार ०९:१९  

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन