२१ असार २०७७, आईतवार १९:०७  


image

नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि भारतीय मिडियाहरु अहिले नेपाल सरकारविरुद्ध पुर्ण रुपमा लागेका छन् । उनीहरुले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न लागेको भन्दै आफ्ना दर्शकहरुलाई भ्रमपुर्ण समाचार पनि दिदैँ आएका छन् ।

तर उनीहरुका अनुसार नेपालमा सबै परिवर्तन नहुने देखिएपछि अहिले लगभग मौन बसेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तिरक संकट बढ्दो अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा रहेका मन्त्री, सहयोगीहरुलाई कुनै पनि परिस्थितिको लागि तयार हुन भनेको कुरा भारतीय मिडियाले खुबै स्थान दिएर लेख्दैछन् ।

ओलीले शनिबार साँझ मन्त्रिपरिषद्को आपतकालीन बैठकमा आफ्ना मन्त्रीहरूलाई कसको पक्षमा स्पष्ट पार्न आग्रह गर्नुभएको थियो भनेर दैनिक भास्करले लेखेको छ । प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई तपाईं कसलाई समर्थन गर्नुहुन्छ ? भनेर सोधेको कुरा समाचारमा बताइएको छ ।

ओलीले मन्त्रीहरुलाई सरकारको बिरूद्ध गम्भीर षडयन्त्र भइरहेको भन्दै पार्टी र देश संकटमा परेको बताउनु भएको थियो । बैठकमा उपस्थित एक मन्त्रीले यो जानकारी दिनु भएको हो । बैठकमा भएको औपचारिक वार्ताको विवरण जारी गरिएको छैन । ओलीले भने कि केही पार्टी नेताहरूले उहाँलाई हटाउन खोजिरहेको आरोप लगाउनु भएको थियो ।

यो सँगै तिनै व्यक्तिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने योजना बनाइरहेका छन् भनेर पनि ओलीले बताएको कुरा भारतीय मिडियामा आएको छ । आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन चाहनेहरुले सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन सक्ने ओलीको बुझाई रहेको छ ।

दैनिक भास्कर अगाडि भण्डारी र ओलीबीच धेरै राम्रो राजनीतिक सम्बन्ध छ भन्दै समाचार लेख्छ । ओलीको सहयोगमा भण्डारी सन् २०१५ देखि राष्ट्रपति पदमा रहेको कुरा पनि उल्लेख गरिएको छ । ओलीले मन्त्रीहरुसँग नेकपालाई फुट्नबाट बचाउन सबै प्रयासहरू भइरहेको जानकारी पनि गराउनुभयो ।

अहिले यसका लागि केही दोस्रो तहका नेताले दुबै पक्षलाई मिलाउन तिव्रता देखाइरहेका छन् । सहमतिको पहलहरु हुँदै गर्दा पार्टी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर अवस्था झन् खराब हुँदै गइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको समूहले ओलीलाई राजीनामा गर्न दवाव दिदैँ आएको छ ।

प्रचण्ड ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउने र पार्टी अध्यक्षको पदबाट पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । दाहालसँग माधव नेपाल र झलनाथ खनाल लगायतका वरिष्ठ नेताहरुको समर्थन छ । यद्यपि ओलीले यी समाचारहरूलाई खारेज गर्दै आउनु भएको छ ।

ओली र प्रचण्डको भेटघाट पनि बाक्लिँदै गएको छ । तर कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन । अहिले ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि सम्पर्क गरिरहेको खुल्न आएको छ । यसरी हेर्दा अहिलेको तत्कालिन अवस्थामा सरकार परिवर्तनको विषय साम्य हुने देखिएको छ ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन