Skip
Bishal4You    १७ असार २०७७, बुधबार ०७:१४  


image

नेपालमा सरकारको नेतृत्व हेरफेर गर्ने कुरा हुँदै गर्दा राजदुतलाई फिर्ता पठाउनुपर्ने आवाज उठ्न थालेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका सन्दर्भमा डा. भट्टराईले त्यस्तो षड्यन्त्र गरेको भए भारतीय राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गर्नुभएको हो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका डा. भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो राजदूतलाई किन देश निकाला नगरेको भन्दै भन्नुभयो, ‘त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ?

किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?’ नागरिकता विधेयकको विरोधमा जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको आरोप पनि लगाउनुभयो ।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन

 २४ असार २०७७, बुधबार १६:१६  

ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH