Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार २३:२४  


image

दुई देशबीच चल्दै आएको सीमा विवादलाई लिएर भारत नेपालकै लाइनमा आएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने स्पष्ट पारेका छन् । मोदी सरकारको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् ।

नेपाल सुरुदेखि नै वार्ताको कुरा गर्दै आएको छ तर भारत आफैंले अस्विकार गरिरहेको थियो । तर भारत पनि नेपालको लाइनमा आएर उभिएको छ । सिंहले भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’

रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए । यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो ।

नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन

 २४ असार २०७७, बुधबार १६:१६  

ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH