Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार १६:१२  


image

नवराज विक प्रकरणलाई लिएर अहिले देशभर आन्दोलन चर्काउन थालिएको छ । रुकुममा जेठ १० गते भएको घटनाको विरोधमा दैलेखमा अनौठो तरिकाले विरोध गरिएको छ ।

यहाँ हातमा डोरीले बाँधेर जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका विकलगायतका ५ जनाको ज्यान लिएको र १ जनालाई बेपत्ता बनाइएको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘जातीय विभेद अन्त्य गर’, ‘नवराज बिक र उनका साथीहरु मा रिए पनि न्याय नमरोस्’ भन्ने बाक्यांश लेखिएका नारासहित विरोध प्रदशन गरिएको हो ।

एउटै डोरी हातमा बाँधेर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । यो सँगै देशका अन्य जिल्लाहरुमा पनि नवराजसहित ६ जनाको न्यायको लागि प्रदर्शन गर्न थालिएको हो ।

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH