Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार १४:२०  


image

काठमाडौं । नवराज विक प्रकरण अन्तराष्ट्रिय तहमा पुगेको छ । रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ७ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गम्भीर चासो व्यक्त गरेको छ ।

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले हिजो जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी हुन ।

नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू सिर्जना भएको उल्लेख गरेकी छिन् ।

यो मात्रै होईन, जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको विज्ञप्तीमा उल्लेख छ ।

उनीमाथि कथित उपल्लो जातको युवकले ज ब र ज स्ती क र णी ग रेको, किशोरीलाई उक्त युवकसँग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीले जीवनत्याग गरेको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको मिशेलले उल्लेख गरेकी छन् ।

नवराज प्रकरणमा एक मल्ल थरकी युवत्तीसँग विहे गर्न खोज्दा केटीपक्षले गाउँलेहरु जम्मा गरेर ६ जनाको ज्यान लिएको आरोप छ । अहिलेसम्म ५ जनाको मात्रै लाश फेला परेको छ । दुवै घटना सम्बन्धमा गम्भीर अनुसन्धान भइरहेको छ । अब यो घटना अन्र्तराष्ट्रिय एजेन्सीको चासोको विषय बनेको छ ।

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन

 २४ असार २०७७, बुधबार १६:१६  

ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH