Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार १३:३८  


image

काठमाडौँ – आफ्नो पार्टीभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता लाई लिएर नेकपाले शनिबार पनि ठोष निर्णय गर्न सकेन।

शनिबार बालुवाटारमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित नेकपा सचिवालय बैठकले एमसीसीबारे ठोष निर्णय गर्न नसकेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीकाबारेमा समग्रतमा छलफल गरेर छिट्टै निर्णय गर्ने सहमति भएको बताए।

उनकाअनुसार बजेटमा एमसीसी सम्झौता संसदमा विचाराधीन रहेकाले संसदले त्यो अनुमोदन गरेको अवस्थामा कार्यान्वयन हुने र अनुमोदन नगरे कार्यान्वयन नहुने भन्नेबारे अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै संसदमा स्पष्ट पार्ने निर्णय गरिएको छ।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH