Skip
Bishal4You    १७ जेष्ठ २०७७, शनिबार १०:२४  


image

एजेन्सी । कोरोना भाइरसको निर्मुलका लागी भन्दै भारतमा एक पूजारीले मानव बलि दिएका छन् । भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरका ति संसारी ओझा नाम गरेका ति पूजारीले आफ्नै कोठामा बस्ने सरोज कुमार प्रधान नामक ब्यक्तिलाई बलि दिएका हुन् ।

५२ वर्षका ति पूजारसँग प्रधानसँग कोरोनाभाइरस महाव्याधिका विषयमा प्रधानसँग चर्काचर्की परेपछि मध्यरातमा बलि दिएर प्रहरीसमक्ष आत्मसर्मपण गरेको बताइएकोछ ।

प्रहरीसँग बयान दिने क्रममा ति सन्काहा पूजारीले कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको आधारमा यस्ते कदम चालेको उल्लेख गरेका छन् ।

बलि दिने उक्त दिनमा ति ब्यक्तिले मध्यरातमा गाँजा सेवन गरेको प्रहरीले जनाएको छ । लकडाउनका कारण लामो समयदेखि मन्दिरमा कोही पनि नगएको र पूजारीको कोठाबाट शवको मुचुल्का उठाइएको र कारवाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धानमा सक्रिय अधिकारीले उल्लेख गरेका छन् ।

फेसबुकको भिडियो डाउनलोड गर्ने सजिलो App तपाईकोहरुको मोवाइलको लागि डाउनलोड गर्नुहोस् :- Download

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH