२७ असार २०७७, शनिबार २१:०७  


image

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र घोषणापत्र बनाएर जनतामा गएको र त्यसलाई असाधारण विश्वास गरेर दुई तिहाई नजिक बहुमत दिएको बताए ।

यसलाई कसैले कमजोर पार्न नहुने भन्दै उनले भने, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो विवादपछि नेकपा फुटको संघारमा पुगेको मानिएको थियो । प्रचण्डले त्यसतर्फ संकेत गर्दै भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’ पार्टीमा संकत देखिएको र यसलाई हल गर्न सहज पनि नभएको उनले बताए ।

‘जतिसुकै अप्ठ्यारो भएपनि हल निक्लिन्छ भन्ने विश्वास मैले लिएको छु । र, अर्को अध्यक्षसँग भएको वार्ताको संकेट पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’ सडक आन्दोलन तथा धर्नातिर संकेत गर्दै उनले अरु नेता कार्यकर्ताले पनि हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताए ।

हतारमा गरे फुर्सदमा पछाउनुपर्ने भन्दै उनले कार्यकर्तालाई भनेका छन्, ‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन्नुस् । पार्टीका कार्यदिशा, विधानको पक्षमा उभिनुस् ।’


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन