सरकारका पूर्व प्रवत्ता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर वि’ष्फो’ट गराएको घटनामा विप्लवको संलग्नता खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घर भई काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने गुरुङ प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य रहेको प्रारम्भिक अनुशन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनुभयो । काभ्रेपलाञ्चोकको प्रतिनिधी सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद बास्कोटाको घरमा बुधबार बिहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर ब’म वि’स्फो’ट गराइएको थियो ।

यस अघि नेकपा अध्यक्ष प्रचण्डले यो घटना आ’तंकवादी गतिविधि भएको बताएका थिए । उनले घटनामा दोषि कसैलाई पनि छोड्न नहुँने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गर्दागर्दै विवादमा परेर राजीनामा दिन बाध्य पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटामाथि भ्रष्टाचारी घोषणा गर्दै कारबाही गरेको जानकारी दिएको छ ।

घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा जारी पर्चामा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । विप्लव नेकपाले जारी गरेको पर्चामा १० कारण बताइएको छ । Comment

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार