अहिलेको कलियुगमा हुने यस्ता केही घटनाहरु छन् जस्लाई सहजै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक घटना कपिलवस्तुबाट आएको छ । यहाँ आफ्नै छोरीलाई बाबुले क’रणी गरेको खुलासा भएको छ । छोरीले रुदैँ भनिन, ‘म घरमा थिएँ । बुवाले आमालाई छोरीको स्कूलमा काम छ पठाइदेउ भन्नुभयो । आमाले जाउ भनेपछि म गएँ तर बुवाको अर्कै नियत रहेछ ।

स्कूलमा केही काम रहेनछ, मलाई एउटा होटलमा लिएर जानु भयो र क’रणी गर्नुभयो । त्यस्तो अनैतिक काम गरेपछि बुवाले मलाई औषधी खान दिनुहुन्थ्यो । त्यो औषधी के हो भन्ने मलाई थाहा छैन । अहिले म निकै कमजोर भएकी छु । हिडडुल गर्न पनि सक्दिन । बुवाले त्यस्तो व्यवहार गरेपछि यो औषधी खा भन्नुहुन्थ्यो, मैले खाएँ तर त्यसले के काम गर्छ भन्ने मलाई थाहा छैन ।’

अहिले ति छोरीको शरिरमा रगतको निकै कमी भएको छ । वुवाले यस्तो गर्नुभयो भनेर उनले आफ्नै आमालाई पनि भन्न सकिनन् । साथीहरुलाई झन कसरी भन्न सक्छु ? उनले प्रश्न गरिन् । मलाई यस्तो अवस्था बनाउने बुवालाई ‘हदैसम्मको सजाय हुनुपर्छ । उनले माग गरिन् । यो उमेरले भर्खर १७ वर्ष लागेकी एक छोरीको पुकार हो ।

छोरीचेलीहरु आफ्नै परिवारका सदस्यबाट पनि असुरक्षित छन् भन्ने कुराको यो घटना गत्तिलो उदाहारण हो । अझ आफैले जन्मदिएकी छोरीलाई बुवाले लामो समय देखि क’रणी गरिरहेको सुन्दा आमाको मन कस्तो भयो होला ? त्यो सोच्न नसक्ने कुरा हो । त्यस्तो कुराको शंका पाएपछि आमाले छोरीलाई बारम्बार सोधिन् । धेरै समय सम्म सम्बन्ध राखेको थाहा पाएपछि आमाको होस नै उड्यो । ति महिलाका पतिले आफ्नै १७ वर्षीय छोरीसँग ज बरजस्ती सम्बन्ध राखेर बच्चा नबहोस् भनेर ग र्भनिरोधक औषधि दिने गरेको खुलासा भएको छ । हिन्दु धर्ममा छोरीलाई लक्ष्मीको रुपमा पुजा गर्ने चलन छ ।

तर पुज्नुपर्ने छोरीलाई आफ्नै बाबुले एक पटक होइन बारम्बार त्यस्तो काम गरेको कुरा बाहिर आएको छ । चारवटा छोरी र एउटा छोराका बुवाले आफ्नो १७ वर्षकी जेठी छोरीलाई यस्तो कुर्कम गरेको रहस्य खुलेको हो । छोरीले आफुमाथि भएको त्यस्तो कुरा भन्न नसकेपछि कान्छी बहिनीले आमासंग उनको कुरा खोलीदिएकी थिइन् । कान्छीछोरीले आमा हजुर नभएको बेलामा बुवाले दिदीलाई ढोका र झ्याल थुनेर के के गर्नुहुन्छ भनेर सुनाएपछि आमाले त्यसका बारेमा जानकारी पाएकी थिइन् ।

अहिले आमा छोरीका लागि न्यायको खोजिमा छन् । ति बुवाले घरमा मात्र होइन अनेक वहाना बनाएर घर वाहिर बोलाएर होटलमा कोठा लिएर पनि छोरीसंग सम्बन्ध राखेको खुल्न आएको छ । यस्तो कुरा कसैलाई सुनाए भाईबहिनीको भविष्य विग्रन्छ, म जेलमा गएँ भने तेरो आमाले पनि दुख पाउँछे भनेर ध म्काउने गर्थे । बाबुले दिने गरेको ध म्कीका कारण भाई बहिनीको भविष्य र आमाको दुख सम्झेर कसैलाई केही नभनी चुपचाप आफ्नै जनवाररुपी बाबुको बर्बरता सहँदै आएकी थिइन् । आमाले मिडिया सामु सबैकुरा खोलेपछि बुवाको कर्तुतका बारेमा आफै बोल्छु भनेर उनी मिडियामा आएकी छिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार