अहिले विश्वभर भयावह रुपमा फैलिएको कोरोना भाइरस एकै परिवारका ५ जनामा देखिएको खबर आएको छ । यो नेपालको खबर भने होईन । भारतको केरला राज्यमा एउटै परिवारका ५ जनालाई कोरोना भाइरस सकारात्मक देखिएको छ । भारतमा विरामीहरूको कुल संख्या ३९ पुगेको छ । प्राप्त जानकारी अनुसार, परिवार केही दिन अघि इटालीबाट फर्किएको थियो ।

इटली जहाँ यस भाइरसबाट प्रभावित व्यक्तिहरूको संख्या धेरै पुगेको छ। यो खबरले केरला राज्य नै आत्तिएको छ । केरला स्वास्थ्यमन्त्री केके सेलजाले भने कि परिवारका सदस्यहरूले विमानस्थलमा उनीहरूको भ्रमणको विवरण भने दिएका थिएनन् त्यसैले उनीहरूको छानबिन हुन सकेन ।

पाँच व्यक्ति मध्ये जसको छानबिन रिपोर्ट आयो, एक बच्चा पनि रहेको छ । राज्य स्वास्थ्यमन्त्रीले भने, ‘बच्चा र उसका आमा बुबा हालै इटाली गएका थिए । फर्केर आएपछि उनले केही आफन्तहरूलाई पनि भेटेका छन् । ती आफन्तहरु अस्पताल पुगेका थिए जहाँ उनीहरुलाई कोरोना भाइरसको लक्षण देखाए पछि अस्पतालमा भर्ना गरिएको थियो । पछि, पीडितको परिवारलाई पनि अस्पतालमा छुट्टै राखियो ।’ उनीहरुले आफ्नो जानकारी लुकाएका कारण समस्या आएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार