भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्धार गरेको हो ।

शिवरात्रिका दिन मेला हेर्न जान्छु भनेर हिँडेकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हँुदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्धार गर्न सफल भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । (रासस)

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार