दुर्घट’नामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे मृ’त्यु मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दु’र्घटना भएको छ ।हिजो साँझ भएको सो दुर्घ’टनामा ४ जनाको ज्या’न ग’एको छ भने ५२ जना घाइ’ते भएका छन् ।

प्रहरीका अनुसार दुर्घट’नामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे मृ’त्यु भएकाे जनाइएको छ । थप एक जनाको उपचारका क्रममा ज्या’न गए’को हाे । हेटौंडामा उपचार सम्भव नभएकोले सुरज नामका एक घा’इतेलाइ चितवन लगिएको र उनकाे उपचारकै क्रममा निध’न भ’एकाे जनाइएकाे छ ।

जीतपुर भञ्ज्याङ्ग, लेनडाँडाबाट गढी वडा नम्बर ७ को सुकौराका लागि हिडेको ना. ३ ख ३५५६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घट’ना भएको बताइएको छ । बेहुला-बेहुलीसहित अन्य घाई’तेहरुको हेटौंडा जिल्ला अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने फ’रार रहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार