सुनसरीका एक युवक र युवतीले सप्तकोशी नदीमा हाम्फालेका छन् । उनीहरु आइतबार दिउँसो देखि बेपत्ता भएका छन् । उनीहरु सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारश लिम्बु रहेको खुल्न आएको छ ।

मोबाइल र चप्पल कोशी किनारमा छाडेर हाम्फालेका दुबैको श व छुट्टा छुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार लिम्बु र बर्देवाबीच प्रेम सम्बन्ध थियो ।

सोमबार दिउँसो किशोरीको श व भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा युवकको पनि श व भेटिएको हो । बराहक्षेत्र नगरपालिका – ७ देवीघाट बस्ने बर्देवा र सोही वडाको सोमबारे बस्ने लिम्बुले आइतबार नै सप्तकोशीमा हाम्फालेको देखिएको डिएसपी शर्माले बताए ।

सोमबार नदी किनारमा स्थानीयले किशोरीको श व भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा प्रहरीले दुई जोर चप्पल र दुईवटा मोबाइल फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने ड रले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार