थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग सहज जित निकाल्ने देखिएको छ । जारी प्रतिष्पर्धामा टस जितेर ब्याटिङ गरिरहेको थाइल्याण्सँग नेपालले चमत्कारीक बलिङ गरेको छ । यो समाचार तयार पार्दासम्म ९ दशमलव ४ ओभर सकिदा मात्र २५ रन दिएर ४ विकेट लिएको छ ।

यो अवस्था हेर्दा आज नेपालले सहज जित दर्ता गर्ने देखिन्छ । लगातार दुई खेलमा पराजित भएको नेपालले थाइल्याण्डसँगको खेलमा पहिलो जीतको खोजीमा छ । खेल बिहान ८ बजेर १५ मिनेटमा सुरू भएको हो । नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जितका साथ २ अंक जोड्ने प्रयासमा रहँदा थाइल्याण्ड पनि त्यस्तै नतिजाको खोजीमा हुनेछ। टी–ट्वान्टीमा सहभागी पाँचमध्ये शीर्ष वरीयताको नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको थियो।

तर मलेसिया र हङकङसँग पराजित भएपछि च्याम्पियन बन्ने लक्ष्यमा भने धक्का लागेको छ। त्यसैले नेपाली टोली थाइल्याण्डविरुद्ध फराकिलो जित निकाल्दै शीर्ष दुईमा पुग्ने लक्ष्य कायमै राख्ने प्रयासमा हुनेछ। नेपालले थाइल्याण्डलाई पराजित गरेर मात्रै पुग्ने छैन, सँगै अन्य टिमको पनि भर पर्नुपर्ने छ। पछिल्लो पटक नेपाल र थाइल्याण्ड सन् २०१८ को एस्टर्न रिजनमा खेलेका थिए। जसमा डीएल पद्दतीबाट नेपाल १ सय ४० रनको फराकिलो अन्तरले विजयी भएको थियो।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार