पछिल्लो समयका चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । पुराना अभिनेता भुवन केसीका छोरा समेत्त रहेका अनमोल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी गरेको अभियोगमा उजुरी परेको जानकारी दिइएको छ ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि तनाब भएको हो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उजुरी अनुसार केसीसँग श्रेष्ठ र खड्गीको गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता भएको थियो ।

यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा भनिएको छ । अर्को तिर फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सिध्याएको आरोप उनीहरुले लगाएका छन् ।

यति मात्रै होईन, फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर बेपत्ता भएका हुन् । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन भनिएको छ । यस विषयमा अनमोल एवं उनको परिवारले कुनै प्रतिकृया जनाएको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार