काठमाडौं । आज टर्की–इरान सीमामा आएको शक्तिशाली भुकम्पले धेरै भवनहरू भत्किएका छन् । जानकारी अनुसार यस विपत्तिमा ८ जनाको जयान गएको छ । २१ जना घा’इते भएका छन् । टर्कीका आन्तरिक मन्त्रीले भने, ‘उद्धारकर्ताहरू घटनास्थल पुगेका छन् ।’ मन्त्रीका अनुसार मृ’त्यु हुनेमा तीन बालबालिका पनि रहेका छन् ।

उनका अनुसार १०६६ वटा भवनहरू प्रकोपका कारण भत्केका छन् । मिडियाका अनुसार टर्कीको वान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यूरोपीयन–भूमध्य भूकम्प केन्द्रका अनुसार, ५.७ रेक्टर स्केलको भूकम्प टर्की–ईरान सीमामा महसूस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु दुबै देशहरूको सिमानामा ५ किलोमिटरको गहिराईमा थियो । टर्की मिडियाका अनुसार ४३ गाउँहरू भूकम्पले प्रभावित भएका छन् । यस क्षेत्रमा पहिले धेरै पटक शक्तिशाली भूकम्पहरू आएका थिए ।

एक ईरानी अधिकारीले स्थानीय मिडियालाई बताए, ‘हाम्रो उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पठाइएको छ । अहिलेसम्म हामीले त्यस क्षेत्रमा कसैलाई गुमाएको समाचार पाएका छैनौं ।’ भूकम्प इरानको पश्चिमी अजरबैजान प्रान्तमा अनुभव गरिएको थियो जहाँ जनसंख्या एकदम थोरै छ । यद्यपि अन्य स्रोतहरूले क्षति हुने खतरा देखाएको छ। इरान र टर्की संसारमा सब भन्दा बढी भूकम्पको खत्तरा भएका देश हुन् । गत महिना टर्कीको भूकम्पमा ४० जनाले ज्यान गु’माएका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार