चितवन माडि। निकुञ्ज ऐन शंसोधनको माग गर्दै आमरण अनसनमा बस्नुभएका वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

पौडेलले गत फाल्गुन ७ गते साँझबाट आमरण अनसन सुरु गर्नुभएकोमा आज तेश्रो दिन चलिरहँदा उहाँको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो । पौडेलको स्वास्थ्य परीक्षण गर्दै बघौंडा अस्पतालको मेडिकल टोलीले उहाँको सुगर लेभल न्यून भइसकेको जानकारी दिएको छ । यसैबिच, वडाध्यक्ष पौडेलको अनसनप्रति नेपाली काँग्रेस माडी नगर समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) माडी नगर समितिले ऐक्यबद्धता प्रकट गरेको छ ।

आज छुट्टाछुट्टै वक्तव्य जारी गरी काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल र राप्रपा नगर अध्यक्ष वीरेन्द्र भण्डारीले अनसनप्रति ऐक्यबद्धता जनाउँदै पौडेलका तर्फबाट अगाडि सारिएका मागहरु यथाशीघ्र पुरा गर्न सरकारसमक्ष माग गर्नुभएको हो ।

अनसनरत वडाध्यक्ष पौडेललाई स्थानीयबासीहरुसंगै सामाजिक एवं राजनैतिक अगुवाहरुले समेत भेट गरी ऐक्यबद्धता जनाउँदै आएको उहाँका सहयोगी अमित लामाले जनाउनुभयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार