काठमाडौं । निर्मला पन्तले न्याय नपाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि ह’त्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए ।

मृतक बालिकाको श’व महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बला’त्कारपछि ह’त्या गरेको स्वीकार गरिसकेको छ ।” अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार