काठमाडौँ । भारतीय सीमा सुरक्षा बलको दादगिरी बढ्दो छ । जसको पछिल्लो उदाहरण कैलालीको टीकापुर नगरपालिका-७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्धमा देखियो । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले रोकेपछि अलपत्र परेको छ ।

नेपालले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे।भी। निर्माण कम्पनीसँग सम्झौता गरेपनि भारतीय एसएसबीले दादागिरी देखाउँदै आँफैले सिमाना निर्धारण गर्दै आएका कारण तटबन्ध निर्माणकार्य अहिले आएर अलपत्र परेको निर्माण कम्पनीले जनाएको छ ।

कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीका अनुसार भारतले गरेको अवरोधका विषयमा आँफुहरुले प्रशासनलाई समेत जानकारी गराएको बताए ।

भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माण गर्नका लागि सीमाना तोकिदिएपछि निर्माण कम्पनीले कहाँ बनाउन कहाँ छाड्ने भन्ने दोधारमा परेका कारण अहिले तटबन्ध निर्माण कार्य बिचैमा रोकीएको शाहीले जानकारी दिए । शाहीका अनुसार भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माण गर्नका लागि सीमाना तोकिदिएको छ। ‘हामीलाई आयोजनाले नेपालको भूभाग भनेर साइड देखाएको क्षेत्रमासमेत निर्माणमा रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार