काठमाडौं । मध्यरातीमा विमानमा चरा ठोक्कीएको समाचार बाहिर आएको छ । काठमाडौंबाट दोहाका लागि उड्न लागेको कतार एयरवेजको जहाजमा चरा ठोक्किएको हो । त्रिभुवन विमानस्थलबाट शुक्रबार राति ९ बजे उड्ने तयारीमा रहेको कतार एयरवेजको उडान नम्बर क्युआर ६५१ को जहाजमा चरा ठोक्किएपछि उडान रद्द भएको विमानस्थले जानकारी दिएको छ ।

धावनमार्गमा रहेको जहाजमा चराले हानेपछि मर्मतका लागि भन्दै उडान रद्द गरेर यात्रुलाई फर्काइएको हो । चरा ठोक्किएपछि भएको क्षतिबारे विस्तृत विवरण आएको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार