बाँके – दुर्घ’टनाका कारण अकालमा मृ’त्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घ’टनामा परी ज्यान गुमाएका छन् । चालू आवको साउनमा सात, भदौमा चार, असोजमा पाँच, कात्तिकमा छ र मङ्सिरमा सबैभन्दा बढी ११ जना दुर्घ’टनामा परी मृ’त्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा दुर्घ’टनामा परी ६० जनाको मृ’त्यु भएको थियो । दुर्घ’टनामा चौपायाको समेत मृ’त्यु भएको छ । चालू आवको पाँच महिनामा १० पशु चौपायाको दुर्घ’टनामा परी मृ’त्यु भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जिल्लामा दुर्घ’टनाका ८६ घटना भएका छन् । जसमा ७३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

जिल्लामा सबैभन्दा बढी दुर्घ’टना मोटरसाइकलको भएको प्रहरीको तथ्याङ्क रहेको छ । पाँच महिनाको अवधिमा ६६ वटा मोटरसाइकल दुर्घ’टनामा परेका थिए । उक्त अवधिमा १११ वटा सवारीसाधन दुर्घ’टनामा परेका थिए । छ वटा ट्रक, एउटा टिपर, ११ जीप, दुई ट्र्याक्टर, चार वटा टेम्पो र छ वटा साइकल दुर्घ’टनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

कार्यालयको तथ्याङ्कअनुसार धेरैजसो दुर्घ’टना तीव्र गति र चालकको लापरवाहीले हुने गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । आव २०७५÷०७६ मा बाँकेमा ९९ दुर्घ’टना भएका छन् । कार्यालयका अनुसार, गत आवमा दुर्घ’टना विश्लेषण गर्दा प्रमुख कारण तीव्र गति, चालकको लापरवाही रहेको पाइएको थियो ।

आव २०७५÷०७६ मा तीव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ दुर्घ’टना भएको प्रहरीले जानकारी दिएको छ । गत आवमा ओभरटेकका कारण सात, मापसेका कारण पाँच, यान्त्रिक कारणले दुई, सडकको कारणले तीन र चौपायाको कारणले तीन वटा दुर्घ’टना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा गत आवमा भएका दुर्घ’टनामा ६० ले ज्यान गुमाएका थिए भने ७५ जना गम्भीर घाइते भएका थिए । जसमा ४२ पुरुष, १४ महिला र चार बालक रहेका छन् ।/p>

धम्बोझीमा आकाशे पुल

नेपालगञ्जमा सवारी साधनको चाप बढेसँगै आकाशे पुल निर्माण शुरु हुने भएको छ । यस वर्ष धम्बोझी चोकमा पहिलो आकाशे पुल बनाउन उपमहानगरपालिकाले औपचारिक प्रक्रिया शुरु गरिसकेको छ । “छ महिनाभित्रै निर्माण सक्ने गरी काम अघि बढेको छ”, उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

उहाँले बोलपत्र आह्वान भइसकेको र त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अघि बढ्ने बताउनुभयो । “यसपालि धम्बोझी चोकमा आकाशे पुल निर्माण गरिँदैछ”, नगर प्रमुख डा राणाले भन्नुभयो, “आवश्यकताका आधारमा थप योजना बनाउँदै जान्छौँ ।” उपमहानगरपालिकाले आकाशे पुलका लागि रु एक करोड ६५ लाख २१४ बजेट विनियोजन गरेको छ । (रासस)

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार