काठमाडौ । डान्स ग्रुप ‘कार्टुन क्रु’ स्थापना भएको १ दशक भइसक्यो । यो समुहको नाम, परिकल्पना र स्थापना सविन कार्की ‘विष्ट’ले गरेका थिए । यो समुहको लिडर थिए, सविन । समुहमा ७ जना थिए । जसमा सविन, सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम गुरुङ, लाक्पा लामा र सुविन चौहान थिए । त्यो बेला कार्टुन क्रुले प्रायः कभर भिडियोहरु गर्दै आएको थियो । के कुरा मिलेन सविन बाहिरिए ।

सविन बाहिरिएपछि बाँकी सदस्य ज्यादै मर्म स्पर्सी भिडियोहरु बनाए । त्यसपछि टुक्रिएको समुहलाई पनि दर्शकले मन पराए । सविन समुहबाट निस्किएपछि ६ जना बाँकी रहे । सरोजको नेतृत्वमा आश्मा, लाक्पा, राम, विकाश र सुविन समुहमा रहे । उनीहरुले निरन्तर भिडियोमा काम गर्दै आएका पनि थिए । कार्टुन क्रुबाट उनीहरुले आफूलाई डान्स क्रुको रुपमा स्थापित गर्दै गए । अफिसियल भिडियोमा पनि उनीहरु फिचर हुन थाले । डान्सिङ समुहको रुपमा उनीहरुले आफ्नो गज्जब क्रेज बनाए ।

तर, समुह स्थापित हुँदै गर्दा विकास टिमबाट निस्किए । उनले पनि पढाईको बहाना बनाएर टिमबाट बाहिरिएका थिए । विकाशको ठाउँमा साजन चौहान आए । क्रुले राम्रै क्रेज बनाइरहेको थियो । उनीहरुको हरेक भिडियोले युटुबमा लाखौ भ्यूज कमाइरहेको थियो । तर क्रुका लाक्पा डी लामाले समुह छाडे । त्यसपछि सरोज र आश्माले नै भिडियो मार्फत लाक्पा, राम, सुविन र साजनले समेत समुह छाडेको उल्लेख गरे ।

त्यसपछि फेरी क्रु छोडेका ४ जनाले एउटा भिडियो तयार गरेका छन् । लाक्पाकै च्यानलबाट सार्वजनिक भएको भिडियोमा लाक्पा, राम, सुविन र साजनले सरोज र आश्माप्रति निकै रिस पोखेका छन् । जहाँ सबै कारण खुलाएका छन् । हेर्नुहोस् यो भिडियोमा ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार