काठमाडौ । अहिले मंसीर महिना चलिरहेको छ । यो समयलाई विवाहको मौसम पनि भन्ने गरिएको छ । तर कहिलेकाँही विवाह केही फरक बन्छ जुन हामीले सोच्न सक्दैनौं । यस्तै एक पत्याउन गाह्रो हुने घटना बाहिर आएको छ । जन्ती लिएर बेहुली लिन पुगेका बेहुला पक्षले बेहुली त ल्याउन पाएनन्, उल्टै बेहुलीका परिवारजनलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किनु परेको छ ।

यो अच्चमको घटना झापाबाट बाहिरिएको हो । बेहुला पक्षले बेहुली पक्षलाई ढाँटेर विवाह गर्न लागेको भन्दै यस्तो गर्न लगाइएको हो । विवाह मण्डपमै बेहुली परिवारजनले उक्त कुरा थाहा पाएपछि बबाल भएको हो । झापाको बुद्ध शान्ति गाउँपालिकामा आइतबार दिनभर तनाव उत्पन्न भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवक आइतबार बिहान बाजागाजासहित जन्ती लिएर बुद्ध शान्ति गाउँपालिका २ बस्ने न्यौपाने थरकी युवतीसँग विवाह गर्न उनका घर गएका थिँए ।

बेहुली पक्षले विवाहका लागि सम्पूर्ण तयारी पूरा गर्दै जन्ती लिएर आएका बेहुलालाई वैवाहिक परम्परा अनुसार भित्राएर विवाह मण्डपसम्म पनि लिए । बेहुला मण्डपमा पुगेपछि बेहुली पनि मण्डपमा विवाहका लागि तयार भएरै गएकी थिइन् । जब बेहुलाले स्वयम्भरमा बेलुकीको सिउँदोमा सिन्दूर हाल्न खोजे बेहुलाको एउटा हात नै माथि उठ्न सकेन् । बेहुलाको हात माथि नउठेपछि उनी शाररीक रुपमा सक्षम नभएको बेहुली पक्षले थाहा पायो र विवाह नै रोकियो ।

विवाह रोकेर बेहुली पक्षले बेहुला पक्षसँग विवाद शुरु गर्यो । जन्ती लिएर गएको गाडी तोडफोड गर्न खोजियो । उग्र बन्दै गएपछि प्रहरी नै घटनास्थल पुग्यो । प्रहरीले घटनालाई साम्य बनाएर फर्किए पनि आर्थिक लेनदेनमा प्रहरी साक्षी नबसेको उनको भनाइ रहेको छ । यता बेहुला पक्षले बेहुली पक्षलाई चार लाख रुपैयाँ जरिवाना तिरेर फर्किएको खुलासा भएको छ । ति युवकले आफू डाक्टर भन्दै युवतीसँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिँए । तर, युवक डाक्टर नभई अस्पतालमा काम गर्दै आइरहेका कर्मचारी रहेछन्, जुन पछि खुलासा भयो ।

प्रेम सम्बन्ध पश्चात् दुवैको मन मिलेपछि उनीहरू विवाहका लागि तयार भएका थिँए । दुवैले आ–आफ्नो घरमा कुरा राखेपछि उनीहरूको टिकाटालो पनि भइसकेको थियो । परिवारजनले मङ्सिर २९ गते दिवा लग्नमा दुवै जनाको विवाहका लागि साइत जुराए । टिकाटालो हुँदासम्म बेहुली पक्षले केहि सोधखोज नगर्ने र विवाह गर्न गएपछि विवाद गरेको भन्दै बेहुला पक्षले दुखेसो सुनाएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार