काठमाडौं । धनुषामा केही दिन पहिले भएको एक घटनामा ३ जनाले ज्यान गुमाएका छन् । यो बीचमा फेरि जनकपुरधाम उपमहानगरपालिका–९ स्थित संकट मोचन मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेकोखुल्न आएको छ । सडककै छेउमा राइस कुकर राखिएको बताइएको छ । उक्त कुकर ब’म रहेको आशंकामा आइतबार राति १० बजेदेखि नै प्रहरी घेरा हालेर बसेको छ ।

नेपाली सेनाको टोली समेत घटनास्थल पुगेको बताइएको छ । कुकर राखिएको ठाउँको चारैतिर घर छन् । रातका समयमा मान्छे घरमा रहेकाले अहिलेसम्म सेनाले डिस्पोज गरेको छैन। मान्छेहरु घरबाट निस्किएपछि ब’म हो कि होइन भनेर सेनाले यकिन गर्ने र ब’म भए डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । शंकास्पद बस्तुले स्थानीय त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार