काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा आज त’नाब उत्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले ला’ठी चार्ज गरेको छ ।

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । खेल लगतै सागको समापन समारोह हुनेछ । फाइनल खेलका लागि टिकट खोज्दै खेलप्रेमी दर्शक रंगशाला पुगेका थिए ।

तर सबै टिकट विक्री भइसकेको भन्दै उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी चार्ज गरेको हो ।

कु’टपि’टको फोटो–भिडियो खिचेको भन्दै पत्रकारहरुलाई समेत दु’र्व्यवहार गरिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने ब’ल प्रयोग नगरिएको दाबी गर्नुभयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार