काठमाडौं । वीरगञ्ज–१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र आमाछोरी मृ’त अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त कोठामा बाहिरबाट ढोका थियो । त्यस कोठामा मृ’तकका परिवार भाडामा बस्दै आएका थिए । घरबेटीले कोठा बन्द गरेकाले त्यसबारे आफुलाई केही थाहा नभएको बताएका छन् ।

कोठाबाट केही कु’हिएको जस्तो ग’न्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगि ढोका फोड्दा आमाछोरीको श’व भेटिएको थियो । जानकारी अनुसार कलैया –२६ का पवन साह उनकी श्रीमती र छोरी उक्त कोठामा बस्दै आएका थिए ।

श्रीमती र छोरीको श’व फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन् । त्यसैले श्रीमती र छोरीको हत्या उनका श्रीमानले गरेर भागेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ। दुबै जनाको श’व पो’स्टमा’र्टमका लागि नारायणी क्षेत्रीय अस्पताल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार