आइतबार विहान नम्बर नखुलेको एउटा ट्रकको ठक्करबाट त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दको मृ त्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । आक्रो शित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् । विद्यार्थीहरु ले राजमार्ग र सडक ठप्प पारेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडी हरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् । कोहलपुर तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि ।

तनाव ग्रस्त बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्यायले अवस्था बिग्रिरहेको भन्दै कर्फ्यू लगाउने अवस्थामा पुगेको बताए । अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं,’ उपाध्यायले भने ।जेब्राक्र सिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा ।

प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । ट्रकले कु ल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भन्नुभयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार