काठमाडौ २१ मंसिर- पछिल्लो समय पुर्वराजा ज्ञानेन्द्र शाहको परिवार आधुनिकतासँग भिज्दै गएको छ ।ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित रेष्टुरेन्टमा नाचेको, सर्वसाधारणसँग अँगालो हालेर फोटो खिँचेको देखि पुर्व युवराज पारस युवतीहरुसँग बाहिर मोटरसाइकलमा खुल्लम खुल्ला हिडेको सम्म भिडियोहरु बाहिरिएका छन् । सोही क्रममा पुर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना लैला ‘बबा’ शाहसमेत भिडियोमा देखिएकी छिन् ।

उनी भिडियोमा केही खुला रुपमै प्रस्तुत भएकी छिन् । आफ्नै युट्युब च्यानलसहित देखिएकी उनी भिडियोहरुमा विभिन्न चर्तिकला देखाइरहेकी हुन्छिन् । उनले बनाएका कतिपय भिडियोहरुमा अश्लिल हर्कतसमेत देखिन्छ । एउटा भिडियोमा उनले आफ्नो स्तन झण्डै देखाएकी छिन् । कतिपय भिडियोमा उनी छोटा लुगामा देखिएकी छिन् ।राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरेका थिए । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् ।

प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । उनै उशाना अहिले युट्युबर बनेकी छिन् ।

हर्नुहाेस् भिडियाेः

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार