काठमााडौ । देश तथा विदशेमा भएक नेपालीहरु फेरि जाग्नुपर्ने बेला आएको छ । नेपालीहरुको माया र सद्भाव खोज्दै ‘मिस नेपाल वर्ल्ड’अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी बेलायत पुगेकी हुन् ।

उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ भइरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा रहेको बताइएको छ । अनुष्का भन्दा अगाडी चाँही भियतनामकी सुन्दरी लोअङ थुय लिंह रहेकी छिन् ।

नेपाली सुन्दरीको भोटलाई बङ्गलादेशी सुन्दरी रफह तेर्साले पछ्याएकी छिन् । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् । तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । अनुष्कालाई भोट गर्न यहाँ थिच्नुहोस्

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार