लन्डन — विस्तारवादी सोच राख्ने मुलुक भारतले नडसेको छिमेकी मुलुक सायहै होला । पाकिस्तान, चीन, बंगलादेश, लगायतका आफ्ना छिमेकी मुलुकहरुलाई बारम्बार सीमानाको विषयलाई लिएर डस्दै आइरहेको भारतले सार्वभौमसम्पन्न मुलुक नेपालको सीमानालाई निरन्तर अतिक्रमण गद्र्यै दादागिरी देखाइरहेको छ ।

ग्लोबल पोलिसी फोरम नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै फोरमले लिम्पियाधुरा, लिपुलेख तथा कालापानी क्षेत्र आफ्नो सीमा भित्र देखाउने नक्शा प्रकाशित गरेर भारतले आफ्नो आक्रामक स्वरुप प्रश्तुत गरेको ठहर गरेको छ। ग्लोबल पोलिसी फोरम नेपालकाृ उक्त विज्ञप्तिमा ‘ती क्षेत्रहरुको अवस्थिति स्वतन्त्र नेपाल तथा तत्कालिन औपनिवेशिक भारतबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्क्योल भैसकेको उल्लेख गरिएको छ ।

भारतले एकलौटी रुपमा नेपाली भूमिलाई आफ्नो राजनैतिक नक्सा भित्र अटाएको भन्दै ग्लोबल पोलिसी फोरम नेपालले भत्ससना पनि गरेको छ । फोरमका अध्यक्ष तथा बेलायतको प्रतिष्ठित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा। सूर्य सुवेदीले कालापानी र सुस्ता क्षेत्रमा रहेको सीमा सम्बन्धी विवाद ऐतिहासिक प्रमाण तथा अन्तर्राष्ट्रिय कानूनका आधारमा समाधान गर्न सघाउन भारत तथा नेपाल दुवै मुलुकलाई सहयोग गर्न ग्लोबल पोलिसी फोरम नेपाल तयार रहेको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार