काठमाडौँ, मंसिर १९ । ८ वर्ष अघि प्रेम विबाह गरेका दागंको राप्ती गाउँपालिकाको सिंगेका मनोज चौधरीकी पत्नि ७ वर्षकी छोरी सहित सम्पर्कविहिन बनेकी छिन् । मनोजकी पत्नि २९ वर्षकी सबना चौधरी ७ वर्षकी छोरी जियालाई स्कुल पु्र्याउने बाहानामा घरबाट निस्किएको र १९ दिन भइसक्दा पनि परिवारसँग सम्र्पकमा नआएको पति मनोजले बताएका छन् ।

पछिल्लो समय घरमा झगडा हुने क्रम बढेको र उनी घरबाट निस्किनु अघिल्लो दिन पनि मनोजले पत्निलाई अन्य पुरुषहरुसँग कुराकानी नर्गन र सुध्रिन आग्रह गरे पनि सबिनाले छोरी सहित घर छाडेको मनोज बताउँछन् ।

मनोजका अनुसार सबिना परपुरुषहरुसँग पनि कुराकानी गर्ने र फेसबुकमा पनि लामो समय अन्य पुरुषहरुसँग बोलीरहे गरकेो हुँदा उनी अन्य पुरुषसँग गएको हुन सक्ने आशंका गर्छन् । आँखाभरी आँसु झादै भक्कानिएर मनोज भन्छन् मलाई मेरी मुटुको टुक्रा छोरी चाहिन्छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार