चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा कांग्रेसले जितेको छ । चितवन जिल्लाको खैरहनी वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेस नेत्री प्रतिमा कार्की विजयी भएकी छन् ।

चितवनका अन्य वडामा समेत कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । प्रचण्डकी छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाका वडामा समेत कांग्रेस अगाडि देखिएको छ । यस्तै, नेकपाको गड मानिएको अर्घाखाँची जिल्लाको मालारानीमा समेत कांग्रेस विजयी भएको छ ।

मालारानीको वडा नम्बर ३ मा वडाध्यक्षमा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । यसअघि कांग्रेसले बैतडी र बाजुरामा जितेको छ भने दाङको घोराहीमा अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार