काठमाडौं । देश अहिले निर्वाचनमय भएको छ । सत्तापक्ष र विपक्षी पार्टीहरु जनतासँग भोट माग्नमा व्यवस्त रहेका छन् । यस्तै पोखरामा पनि उप निर्वाचनको रौनकता छाएको छ । पोखरा नयाँबजार प्रदर्शनी केन्द्रनजिकै ब’म वि’ष्फोट भएको छ । आज भएको ब’म वि’स्फोटमा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

आज दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम नजिकै ब’म वि’स्फोट गराएको आरोपमा एकजनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो । ब’म वि’स्फोटलगत्तै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो ।

उक्त स्थानमा तत्कालै व्यापकरूपमा प्रहरी परिचालन गरी खोजतालस तथा अनुसन्धान गर्दा उक्त शं’कास्पद वस्तु वि’ष्फोट कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एकजना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । सभास्थलभन्दा झण्डै दुई सय मिटरको दुरीमा ठूलो आवाजसहित वि’स्फोट भएको र वि’स्फोटबाट पार्किङ गरेर राखिएका दुईवटा सवारी साधनमा सामान्य क्ष’ति भए पनि अन्य कुनै मानवीय क्षति भएको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार