बागलुङ, १० मंसिर । बागलुङमा एक विद्यार्थीले पेट्रोलबीना नै चल्ने मोटरसाइकल निर्माण गरेका छन् । उनले आफ्नो सो मोटरसाइकल प्रदर्शन समेत गरेका छन् । बागलुङ स्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले यस्तो मोटरसाइकल निर्माण गरेका हुन् । सो मोटरसाइकलमा पेट्रोल आवश्यक हुँदैन । ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका उनले प्रदर्शन गरेका छन् ।

उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको बताएका छन् । उनले आफुले बनाएको मोटरसाइकललाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् । बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत श्रेष्ठले निर्माण गरेको मोटरसाइकल देखेर उनका अभिभावक र शिक्षक खेसी भएका छन् । उनले यो मोटरसाइकल बनाउन झण्डै डेढ वर्ष लागेको बताएका छन् । गएको साउन महिना देखि बनाउन थालेको मोटरसाइकलको निर्माण अहिले सकिएको हो ।

उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेर तयार पारेको जनाएका छन् । भविष्यमा इलेक्ट्रिक इञ्जिनियर बन्ने सपना देखेका श्रेष्ठले आफुले निर्माण गरेको मोटरसाइकल चलाएर देखाएका छन् । मोटरसाइकल निर्माणमा ६० हजार रुपैयाँ खर्च लागेको उनले बताए ।

उपनिर्वाचन २०७६ “हामी मा र्छौँ बाजी”

प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मा र्ने दावी गर्दै आएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश ९क० मा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा, काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीको त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि मतदातामाझ नेकपा र काङ्ग्रेसले बाजी मार्ने आकलन छ । प्रदेशसभाका सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त यस क्षेत्रमा नेकपाले युवा नेता, लेखक एवं अर्थविद् डिपी (देवीप्रसाद) ढकाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काङ्ग्रेसले व्यवसायी कृष्णलाल भँडेल तथा नेमकिपाले पत्रकार एवं युवा बौद्धिक नेता नीरज लवजूलाई उम्मेदवार बनाएको छ । यी तीन उम्मेदवारको चुनाव प्रचार, घरदैलोदेखि चुनावीसभामा समेत प्रतिस्पर्धा चलेको छ । नेकपाले आगामी तीन वर्षमा विकास र पूर्वाधार निर्माणले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने प्रतिबद्धता गर्दै मतदातासँग घरघर, टोलटोलमा मत मागिरहेको छ । काङ्ग्रेसले सरकारको आलोचना गर्दै सरकारले जनतालाई आश्वासन मात्रै बाँडेको भन्ने आरोपका साथ सफल प्रतिपक्षको भूमिका निर्वाह गर्ने र विकास गर्ने प्रतिबद्धता जनाउँदै जनताको घरदैलोमा पुगेर मत मागिरहेको छ । नेमकिपाले भने विदेशी हस्तक्षेपको विरोध गर्दै देशको सीमा एवं सार्वभौम रक्षा गर्नुपर्ने कार्यसूचीलाई जनतामाझ प्¥याएको छ ।

नेकपामा उम्मेदवार ढकाल आफ्नो कार्यकालमा विकासले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने बताउँदै समग्र प्रदेश नं ३ को विकासमा योगदान दिने बताउछन् । मातृशोकमा परेर घरदैलोमा सहभागी हुन नपाए पनि निरन्तर मतदाताको सम्पर्कमा रहेका काङ्ग्रेसका उम्मेदवार भँडेलले सरकारले आश्वासन दिएर गर्न नसकेका काम पूरा गर्ने गरी भक्तपुरको विकासमा आफू समर्पित रहने बताउछन् ।

नेमकिपाका उम्मेदवार लवजू भने चुनावका बेलामा यति बजेट ल्याउँछु, विकास गर्छु भनी जनतालाई झुटा आश्वासन बाँड्ने दलहरुलाई यसपालि जनताले जवाफ दिने बताए । यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार लामिछाने १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको थियो भने काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार