काठमाडौं । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

यि नै हुन ज्यानको माया मा’रेर लिपुलेक पुगेर नेपाली झण्डा गाड्ने युवा – सेयर गरौ भिडियो सहित्

काठमाडौं । भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु त्यहाँ पुगेको उनले एक विशेष अन्तर्वार्तामा बताएका छन् । अखण्ड नेपालको भूमि भारतले अतिक्रमण गर्दै गएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । भारतले नेपाली भूमिमाथिको अतिक्रमण नरोके सारा नेपाली लिपुलेक पुग्ने उनले चेतावनी दिए ।

‘यो खालको अतिक्रमण नरोकिए राष्ट्रिय अभियान चलाएर हामी सारा युवा, देशभक्त नेपाली नागरिक त्यहाँ पुग्नुपर्छ र आफ्नो भूमिको रक्षार्थ लड्नुपर्छ’, उनले भने । अखण्ड नेपालको भूमि भारतले अतिक्रमण गर्दै गएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । भारतले नेपाली भूमिमाथिको अतिक्रमण नरोके सारा नेपाली लिपुलेक पुग्ने उनले चेतावनी दिए ।

‘यो खालको अतिक्रमण नरोकिए राष्ट्रिय अभियान चलाएर हामी सारा युवा, देशभक्त नेपाली नागरिक त्यहाँ पुग्नुपर्छ र आफ्नो भूमिको रक्षार्थ लड्नुपर्छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार