भरतपुर । १२ वर्षीया विद्यार्थी बलात्कार गरेको आरोपमा माडी नगरपालिका–५ का एक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

कात्तिक २६ गते उनी पक्राउ परेका हुन् । बलात्कार आरोप लागेका शिक्षक ४९ वर्षका कुम्मसिंह विक रहेका छन् । बलात्कार मुद्दामा मंगलबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

३ कक्षामा अध्ययनरत बालिकालाई सोही विद्यालयमा पढाउने शिक्षकले विगत २ वर्षदेखि आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडितकी आमाले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार