एसिड आक्रमणमा परेकी विरगञ्जकी १४ वर्षीया किशोरी मुस्कान खातुनको यतिबेला कीर्तिपुर अस्पतालमा उपाचार भइरहेको छ । एसिड आक्रमणको उपचार गराइरहेकी मुस्कानमाथि देश विदेशमा रहेका राजनीतिज्ञदेखि कलाकारहरुले समेत सहानुभुती जनाउँदै सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

तर एसिडको पिडा झेलिरहेकी मुस्कान आफुमाथि एसिड हान्ने बिरुद्ध कडा भन्दा कडा सजायँ दिइन्छ भन्नेमा बिश्वस्त बन्न सकेकी छैनन् त्यसैले त अस्पतालको सैय्यामा रहँदै गर्दा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा एक पत्र लेखेकी छिन्। पत्रमा प्रधानमन्त्रीलाई एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय दिन माग गरेकी छिन्।

उनले जवसम्म एसिड आक्रमणकारीहरुमाथि कडा कानून ल्याइँदैन तबसम्म आफु जस्ता चेलीहरु पीडित भइरहनुपर्ने उल्लेख गरेकी छिन् । उनले यसअघि एसिड आक्रमणमा परेका जेनी खड्का र संगिता मगरको सम्झना गराउँदै समयमै उनीहरूलाई एसिड हान्रे अपराधीहरुमाथि कडा सजायँ दिइएको भए आज आफु अस्पतालको सैय्यामा आउन नपर्ने उल्लेख गरेकी छिन् ।

उनले दुई तिहाईको बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएकाले आफ्नो पिडा बुझेर उचित कानून बनाउम माग गरेकी छिन् । उनले आफु प्रधानमन्त्रीको स्थानमा भएको भए अपराधीलाई फाँसीको सजाय दिने समेत उल्लेख गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार